प्रचण्डको प्रतिक्रिया : समायोजित सेनाको मागप्रति सकारात्मक छु ! « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रचण्डको प्रतिक्रिया : समायोजित सेनाको मागप्रति सकारात्मक छु !


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताएका छन् । 

अवकाश प्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई आज सम्बोधन गरेपछि पत्रकारसँग कुराकानी गर्दै उनले अवकाश प्राप्त समायोजित सेनाको माग सम्बोधन गर्न आफू तयार रहेको बताएका हुन् ।

पूर्व सेनाको सङ्गठनमा बसेर समेत काम गर्न सक्ने उनको भनाइ थियो । 

कार्यक्रममा अवकाश प्राप्त समायोजित सेनाले आफूहरूको अवस्था र अहिले देखिएको पार्टीको समस्याका बारेमा जानकारी गराएका थिए । तत्कालीन समयमा जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई अवकाश भएकाले भेला गरेका हुन् । पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला चितवन आएका दाहाल दुई दिन चितवन बस्ने कार्यक्रम रहेको छ । 

अध्यक्ष दाहालले आज माछा व्यवसायीसँग समेत भेट गरेका छन् ।  नेपाल मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्षसहितको टोलीलाई भेट्दै उनले माछा व्यवसायीहरूको माग सम्बोधन गर्न राज्य लाग्ने बताए ।

माछा व्यवसायीले भन्सार छली आएका माछाका कारण स्वदेशी माछाले बजार पाउन नसकेको गुनासो गरेका थिए । सङ्घका अध्यक्ष खगेन्द्र सुवेदीले भारतबाट आयातित अस्वस्थकर माछा नियन्त्रण गर्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस