अरिङ्गालको गोलो पोल्न विद्युत् प्राधिकरणले दियाे १० हजार पारिश्रमिक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अरिङ्गालको गोलो पोल्न विद्युत् प्राधिकरणले दियाे १० हजार पारिश्रमिक


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले स्थानीयलाई १० हजार पारिश्रमिक दिएर काठमाडौँको मातातीर्थस्थित विद्युत् प्रसारण लाइनको टावरमा रहेको अरिङ्गालको गोलो पोलेको छ ।

तीन जना मान्छेलाई उनीहरुले मागे अनुसार १० हजार रुपैयाँ पारिश्रमिक दिएर शनिबार बेलुका अरिङ्गालको गोलो पोलिएको काठमाडौ ग्रिडका प्रमुख ई। विनोद लोहनीले जानकारी दिए ।

लोहनीका अनुसार अरिङ्गालको गोली पोलिसकिएकाले आज बिहानबाट तार जोड्न सुरु गरिने छ । मातातीर्थ(हेटौंडा १३२ केभी प्रसारण लाइनको टावरमा अरिङ्गालको गोलो देखेपछि प्राधिकरणका कर्मचारीले जम्पर ९तार जोड्ने मुख्य ठाउँ० जोड्न सकेका थिएनन् ।

त्यसपछि विद्युत प्राधिकरणले अरिङ्गाल पोल्न सक्ने मान्छे आवश्यक परेको सूचना सामाजिक सन्जालमा राखेको थियो । उक्त सूचनामा ई।विनोद लोहनीको सम्पर्क नम्बर दिइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस