नयाँ बसपार्क क्षेत्रका होटेलमा सीसी क्यामेरा जडान गर्नुपर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नयाँ बसपार्क क्षेत्रका होटेलमा सीसी क्यामेरा जडान गर्नुपर्ने


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । नयाँ बसपार्क क्षेत्रका होटेलमा अनिवार्यरूपमा सीसी क्यामेरा जडान गर्नुपर्ने भएको छ ।

नेपाली होटेल व्यवसायी सङ्घले होटेल क्षेत्रको सुरक्षा र होटेलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सीसी क्यामेरा जडान गर्नुपर्ने बताएको हो ।

सङ्घका अध्यक्ष गणेश ढकालले सङ्घभित्र आवद्ध होटेलहरुको निरन्तर अनुगमन गरी व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कताका बारेमा जानकारी दिँदै सबै होटेलले अनिवार्यरूपमा सीसी क्यामेरा जडान गर्न निर्देशन दिइएको जानकारी दिए ।

यस्तै, वडा कार्यालय र अन्य ठाउँमा दर्ता नभएका होटेललाई दर्ता गर्न लगएर मर्यादित ढङ्गले सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । कानुनले नदिएका अनैतिक क्रियाकलापलाई रोक्नका लागि होटेलमा आउने पाहुनाको अनिवार्यरूपमा रेकर्ड राख्नुपर्ने भएको छ ।

होटेल व्यवसायीको हक, हित र अधिकारका लागि लड्ने उद्देश्यले विसं २०५७ मा स्थापना भएको सङ्घमा हाल नयाँ बसपार्क, सुन्धारा, बाँसवारीलगायतका क्षेत्रका ४०० भन्दा बढी होटेल व्यवसायी आवद्ध छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस