संस्थापनविरुद्ध शेखर समूहले काठमाडौँमा खबरदारी सभा गर्दै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

संस्थापनविरुद्ध शेखर समूहले काठमाडौँमा खबरदारी सभा गर्दै


८ आश्विन २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेस संस्थापनइतर समूहले आज छुट्टै भेला गर्दैछ ।

सभापतिमा पराजित डाक्टर शेखर कोइराला समूहले काठमाडौँमा खबरदारी सभा गर्न लागेको हो ।

पार्टीभित्र अवसर र न्यायका लागि भन्दै शेखर समूहले सभा आयोजना गरेको छ । सभा थापागाउँस्थित बानेश्वर बैंक्युटमा दिउँसो एक बजेपछि सुरु हुनेछ ।

सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटमा सहमति नभएका बेला काँग्रेसभित्र भने दुई समूहबीच नै समस्या देखिएको छ ।

शेखर समूहले आगामी चुनावका लागि प्रतिनिधि सभा र प्रदेश सभामा कम्तिमा ४० प्रतिशत सिट आफ्नो पक्षका नेतालाई दिन माग गरिरहेको छ ।

शेखर समूहले पटकपटक भेला र बैठक गरेर सभापति शेरबहादुर देउवालाई दबाब दिंदै आएको छ । साथै आफूहरूलाई न्यायोचित व्यवहार नगरिए गठबन्धनमा समेत समस्या आउने शेखर समूहले चेतावनी दिइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस