लगातार पाँच खेलमा इंग्ल्याण्ड जीतविहीन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लगातार पाँच खेलमा इंग्ल्याण्ड जीतविहीन


८ आश्विन २०७९, शनिबार


काठमाडौँ । युईएफए नेसन्स लिगमा इंग्ल्याण्ड इटालीसँग पराजित भएको छ । पराजयसँगै टोली प्रतियोगिताको समूह ए३​ बाट पुछारमा रहँदै रेलिगेसनमा परेको छ ।

मिलानको सानसिरोमा भएको खेलमा ६८ औँ मिनेटमा जियोकोमो रास्पाडोरीले गरेको एक मात्र गोल निर्णायक बन्यो । इंग्ल्याण्ड पछिल्ला ५ खेलमा जीतविहीन रहेको छ । यो सन् २०१४ को जुन यता टोलीको सबैभन्दा खराब प्रदर्शन हो ।

समूह सीमा हंगेरी १० अंकसहित शीर्ष स्थानमा रहेको छ भने ८ अंकसहित इटाली दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको जर्मनीको ६ अंक रहेको छ भने इंग्ल्याण्ड २ अंकसहित पुछारमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस