काठमाडौँ-४ का बासिन्दालाई निःशुल्क डेंगी परीक्षण : गगन थापा  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँ-४ का बासिन्दालाई निःशुल्क डेंगी परीक्षण : गगन थापा 


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ क्षेत्र नं.४ का बासिन्दाले निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा पाउने भएका छन्। सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शुक्रबार एक घोषणा गर्दै काठमाडौँ क्षेत्र नं.४ का बासिन्दाले निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा दिइने जानकारी गराएका हुन्। 

‘डेंगीको बिरामी भई घरमै बस्नु भएकाहरूका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ। तपाईँलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा  मोबाइल नम्बर 9860340587 मा आफ्नो नाम, ठेगाना,सम्पर्क नं.एसएमएस गर्नुहुन अनुरोध छ, थापाले फेसबुकमा लेखेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस