बोर्डलाई चलचित्र सङ्घको चेतावनी-व्यवसायमा बाधा भयो, सङ्घर्षमा उत्रिन बाध्य नपार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बोर्डलाई चलचित्र सङ्घको चेतावनी-व्यवसायमा बाधा भयो, सङ्घर्षमा उत्रिन बाध्य नपार


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । हलवालाहरुको छाता सङ्गठन नेपाल चलचित्र सङ्घले चलचित्र विकास बोर्डले व्यवसायमा बाधा पुर्‍याएको भन्दै विरोध जनाएको छ । शुक्रबार सङ्घका महासचिव नरेन्द्र महर्जनले विज्ञप्ति जारी गर्दै सिनेमा हल व्यवसायीलाई समाप्त पार्ने नियतमा बोर्ड लागेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल चलचित्र सङ्घको अस्तित्वलाई नस्विकार्ने, सीमित व्यक्तिहरूको घेराबन्दीमा रही व्यक्तिवादी निर्णय गर्ने, सेन्सर सिफारिसमा आलटाल गर्ने विना कारण रात्रि सो बन्द गराउने, कर्मचारीहरूद्वारा हाम्रा सदस्यहरूलाई धम्की दिने र अनेक बहानामा दुःख दिने जस्ता कार्यहरू तत्काल रोकी सहमति र सहकार्यमा अगाडि बढ्न आग्रह गर्दछौँ ।’

सङ्घले आफूहरूको आग्रहलाई नस्विकारे कडा सङ्घर्षमा उत्रिने समेत चेतावनी दिएको छ । सङ्घले भनेको छ, ‘यसबाट उत्पन्न हुने हरेक परिस्थितिको जबाफदेही स्वयं चलचित्र विकास बोर्डको नेतृत्व वर्ग हुनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस