अभियान लघुवित्तको सेयर नेप्सेमा सूचिकृत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अभियान लघुवित्तको सेयर नेप्सेमा सूचिकृत


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्थाको सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीका साधारण र संस्थापक गरी कुल २५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

शुक्रबार कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएसँगै आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूमा (कर्मचारीसहित) बिक्री गरेको ९ लाख ७५ हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको १५ लाख २५ हजार कित्ता गरी कुल २५ लाख कित्ता सेयर सूचिकृत भएको छ।

नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबारको ओपनिङ रेन्ज प्रति कित्ता १०५.३६ रुपैयाँदेखि ३१६.०८ रुपैयाँ तोकिएको छ। नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबारका लागि पछिल्लो आर्थिक वर्षको अडिटेड ब्यालेन्स सीटको नेटवर्थदेखि नेटवर्थको ३ गुणा ओपनिङ रेञ्ज तोक्ने गर्छ ।

सोही रेञ्जको बीचमा नेप्सेको स्पेसल प्रिओपन सेसनमा कम्पनीको सेयर कारोबार सुरु भएपनि दोस्रो बजारमा नियमित कारोबार गर्न सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस