पर्यटनमन्त्री श्रेष्ठले भेटे वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पर्यटनमन्त्री श्रेष्ठले भेटे वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटी स्वास्थ्यलाभको कामना गरेका छन् । 

ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री श्रेष्ठले जोशीको घर आडैमा रहेको लोक साहित्य परिषद् भवनको समेत अवलोकन गरेका छन् । परिषद्को भवनमा जोशीले सङ्कलन गरेका मुद्रा, टिकट, किताब लगायत सामग्री राखिएको छ । साथै उनले भवनको तेस्रो तलामा रहेको ‘चक्रसंवर’ को पौभाः चित्र समेत अवलोकन गरी सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

पुरातत्त्व र संस्कृति विभागका प्रथम निर्देशक जोशी मदन पुरस्कारबाट तीन पटक पुरस्कृत भएका थिए । वि.सं. १९७७ वैशाख ३० गते ललितपुरको खुम्बहालमा जन्मिएका जोशी उमेरले १ सय ३ वर्ष पुगिसकेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस