मोर्चाबन्दी गरेर प्रचण्ड, नेपाल र यादवबीच छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मोर्चाबन्दी गरेर प्रचण्ड, नेपाल र यादवबीच छलफल


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे सहमति जुटाउन सकस परिरहेका बेला काँग्रेसबाहेक तीन दलका शीर्ष नेताहरूबिच भेटवार्ता भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच सिट बाँडफाँटका विषयमा छलफल भएको हो ।

गठबन्धनमा ठूलो दल नेपाली कांग्रेसले सिट बाँडफाँटमा बढी सिट लिने अडान लिएपछि दाहाल, नेपाल र यादवले मोर्चाबन्दी गरेर छलफल गरेका हुन् ।

गठबन्धनमा करिब दुई महिना अगावै चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटको टुङ्गो लागेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस