देउवामाथि दबाब बढाउन शेखर पक्ष छलफलमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

देउवामाथि दबाब बढाउन शेखर पक्ष छलफलमा


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । चुनावमा आफ्नो पक्षका नेतालाई सकेसम्म धेरै टिकट दिलाउन नेपाली काँग्रेसको शेखर कोइराला पक्ष छलफलमा जुटेको छ ।

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई दबाब बढाउन स्वयम्भूमा बसेको शेखर पक्षको बैठकले भोलि (शनिबार) हुने भेलाको बारेमा तयारी गर्ने छ ।

बैठकमा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारी, भातृ संस्थाका नेताहरू लगायत सहभागी छन् ।

टिकटमा सम्मानजनक हिस्सेदारीको माग गर्ने देउवालाई थप दबाब बढाउन भेला गर्न लागिएको एक नेताले बताए । भेलामा टिकटका प्रत्यक्ष तथा समानुपातिक तिर सिफारिस परेका र आकाङ्क्षीहरू पनि सहभागी हुने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस