निगमले इन्जिन फेर्न इजरायल पठायो जहाज « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निगमले इन्जिन फेर्न इजरायल पठायो जहाज


७ आश्विन २०७९, शुक्रबार


नेपाल वायुसेवा निगम

काठमाडौँ । नेपाल वायु सेवा निगमले इन्जिन फेर्नका बिहीबार न्यारोबडी जहाज इजरायल पठाएको छ । ९ महिनाअघि मर्मतका लागि इन्जिन इजरायल पठाइएको थियो । बिहीबार त्यही इन्जिन फेर्नका लागि ‘सगरमाथा’ नाम दिइएको न्यारोबडी जहाज पठाइएको हो ।

‘फेरि फ्लाइट’ गर्दै इजरायल पठाइएको जहाजको मध्य साउनमा बारोस्कोप इन्स्पेक्सन (जाँच) गर्दा दायाँ इन्जिनमा समस्या देखिएपछि काठमाडौँमा ग्राउन्डेड गरिएको थियो । उक्त जाँचले ५ पटक मात्रै उडान गर्न मिल्ने देखिएपछि ग्राउन्डेड गरिएको जहाजको इन्जिन फेर्न निगम व्यवस्थापन लाई झन्डै दुई महिना लागेको छ ।

निगमका एक उच्च अधिकारीका अनुसार, नियमित उडानमा रहेका बेला ९ महिनाअघि पुस १३ गते दोहामा न्यारोबडीको बायाँ इन्जिनमा समस्या देखिएपछि जहाज त्यहीँ छाडिएको थियो ।

०७८ पुस १३ गते दोहामा (ग्राउन्डेड) छाडिएको न्यारोबडीमा दुई महिनापछि ०७८ फागुन २२ गते नेदरल्यान्डको एक कम्पनीबाट भाडाको इन्जिन राखेर जहाज काठमाडौं ल्याई नियमित उडानमा लगाएको थियो ।

यस्तै एक इन्जिनियरका अनुसार, निगमसँग जगेडा इन्जिन नभएकोले दोहामा ग्राउन्डेड हुँदा निगमले प्रतिदिन २ हजार डलर, प्रतिघण्टा २ सय ९२ डलर र प्रतिउडान २ सय ३९ डलर गरी दैनिक कम्तीमा ३ लाख रुपैयाँ भाडामा नेदरल्यान्डको जहाज इन्जिन भाडामा दिने एमटीयूबाट इन्जिन लिएर उडाइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस