चलचित्र ‘प्रेमगीत ३’ देशभर प्रदर्शन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चलचित्र ‘प्रेमगीत ३’ देशभर प्रदर्शन


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेपाली चलचित्र ‘प्रेमगीत ३’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै स्वदेश तथा विदेशमा एकसाथ रिलिज भएका यो चलचित्र करिब १२ सय पर्दामा एकसाथ प्रदर्शनमा आएको हो ।

स्वदेशमा नेपाली र विदेशमा हिन्दी संस्करण रिलिज भएको चलचित्रले स्वदेश तथा विदेशमा राम्रो व्यवसाय गर्ने अपेक्षा गरिएको छ । निर्माण भएको तीन वर्ष सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्रको हिन्दी संस्करण सेन्चरमा ढिलाई भएको कारण सोमबार मात्र रिलिज हुने बताइएको छ ।

हिन्दी डबले नेपालमा पाएको चर्चा, श्रृखंलाबद्ध विवाद, नाम चलेका कलाकारको अभिनय, गीत–संगीतले पाएको लोकप्रियताका कारण चलचित्रले ठूलो हाइप छ । यसैले फिल्मले ओपनिङ ब्यवसाय समेत राम्रो गर्ने अपेक्षा छ ।

छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अaनुभव रेग्मी, सम्बृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री लगायतका कलाकारको अभिनय छ । ‘प्रेमगीत ३’ बाट क्रिस्टिनाले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस