सशस्त्र प्रहरीले माग्यो इन्स्पेक्टर र असई (विज्ञापनसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सशस्त्र प्रहरीले माग्यो इन्स्पेक्टर र असई (विज्ञापनसहित)


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । सशस्त्र प्रहरी बलले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ ।

लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो ।

७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ ।
हेर्नुस् विज्ञापन :

Tags :
प्रतिक्रिया दिनुहोस