स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार यादवलाई काम गर्न नदिन आदेश « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार यादवलाई काम गर्न नदिन आदेश


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । उच्च अदालत जनकपुरले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डा.विनोद यादवलाई काम गर्न नदिन आदेश दिएको छ । बिहीबार न्यायाधीश रामेश्वर रेग्मीको एकल इजलासले अन्तिम आदेश जारी नभएसम्म रजिस्ट्रारको हैसियतमा यादवलाई काम गर्न नदिन प्रतिष्ठानका उपकुलपति डा.रामकेवल यादवको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

यादवको नियुक्ति नियमसंगत नभएको दाबीसहित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधामको कार्यालयसमेतलाई विपक्षी बनाएर देवानन्द झाले उच्च अदालत जनकपुरमा बुधबार निवेदन दिएका थिए । जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता नागेन्द्र लाभ कर्ण, देवेन्द्र ठाकुर निराल र श्याम कुमार मिश्रले बहस गरेका थिए ।

निवेदकले अन्तरिम आदेशकोसमेत माग गरेकाले अदालतले दुवै पक्षलाई छलफलका लागि आगामी असोज २७ गते बोलाएको छ । 

‘अन्तरिम आदेश जारी हुनेरनहुने सम्बन्धमा दुवै पक्षको छलफलबाट टुङ्गो नलागेसम्म विपक्षी डा। विनोद कुमार यादवलाई रजिस्ट्रारको हैसियतमा काम गर्न नदिनू/नलगाउन भनी विपक्षीमध्ये मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा उपकुलपति रामकेवल साहको नाममा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२९१०९क० बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ,’आदेशमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस