बहाना बनाएर विमानस्थल सञ्चालन नगरे सह्य नहुने मन्त्री चौधरीको चेतावनी  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बहाना बनाएर विमानस्थल सञ्चालन नगरे सह्य नहुने मन्त्री चौधरीको चेतावनी 


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले दाङको टरिगाउँ विमानस्थल जस्तोसुकै अवस्थामा भएपनि बन्नुपर्ने बताएका छन् । बिहीबार तुलसीपुर उपमहानगरपालिकाका स्थित विमानस्थलको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

उनले टरिगाउँ विमानस्थल बनाउनको लागि सरकाले पनि कुनै किसिमको अवरोध गर्न नहुने बताए । मन्त्री चौधरीले दाङका नेताहरू मन्त्री हुँदा समेत विमानस्थल बनाउन नसक्दा दुःख लागेको बताए । उनले टरिगाउँ विमानस्थलमा हरेक पटक मन्त्रीहरू आउने प्रतिबद्धता जनाउने तर काम नगरेको आरोप लगाए । मन्त्री चौधरीले विमानस्थल निर्माणको लागि तुलसीपुर उपमहानगरपालिकाका मेयर र सम्बन्धित जनप्रतिनिधिहरूले सबैभन्दा बढी चासो राख्नुपर्ने बताए ।

उनले विमानस्थल बिस्तारको बजेटका लागि आफूहरूले पहल गर्ने र सबैले आ-आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे । मन्त्री चौधरीले अब टरिगाउँ विमानस्थलमा ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्ने गरी धावनमार्ग निर्माण गरेर चाडै विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले अब टेक्नोलोजीको समस्यालाई देखाएर वा बहाना बनाएर विमानस्थल सञ्चालन नहुने विषय सह्य नहुने चेतावनी दिएका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस