२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६० वर्ष पुरानो कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउने प्रयास

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेश सरकारले सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रूपान्तरण गर्न छलफल सुरु गरेको छ। यस सम्बन्धमा प्रदेश सरकारले स्वास्थ्यसम्बन्धी विज्ञहरूको धारणा लिन थालेको छ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्णाली अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने घोषणा गरेको थियो। 

नीति तथा कार्यक्रममा भनिएको छ,’प्रदेश अस्पताललाई मानित विश्वविद्यालयको अवधारणाअनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गरी प्रदेशभित्रै स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादन गरिनेछ।’

कर्णाली प्रदेश अस्पतालको इतिहास २०१९ सालमा सुरु हुन्छ। सुर्खेत जिल्लाको तत्कालीन सदरमुकाम गोठिकाँडामा एउटा स्वास्थ्य केन्द्र थियो। कोठीकाँडा सुर्खेत उपत्यकाबाट करिब १७ किलोमिटर माथि डाँडामा पर्छ।

२०२४ सालमा जिल्ला सदरमुकाम सुर्खेत उपत्यकामा सारिएपछि स्वास्थ्य केन्द्र पनि स्थानान्तरण भयो।

वीरेन्द्रनगरमा स्थानान्तरण भएको स्वास्थ्य केन्द्र २०२९ सालमा १५ शैय्याको जिल्ला अस्पतालका रूपमा विकास भयो। २०४९ सालमा २५ शैय्यामा स्तरोन्नति गरियो। उक्त अस्पताल २०६२ फागुन ७ गते मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा स्तरोन्नति गरियो। त्यस बेला मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा १५ वटा जिल्ला थिए।

सङ्घीयतासँगै २०७५ कात्तिक १३ गते यो अस्पताल कर्णाली प्रदेश अस्पतालमा रूपान्तरण गरिएको हो। प्रदेश सरकारको मुख्य लगानी र संघीय सरकारको सहलगानीमा विशेषज्ञ सेवासहितको प्रदेश अस्पतालका रूपमा सञ्चालन गर्न लागिएको हो।

हाल कर्णाली अस्पतालले तीन सय शैय्याको सेवा दिँदै आएको छ। यसलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रूपान्तरण गर्न प्रदेश सरकारले ऐनको प्रारम्भिक मस्यौदा बनाएको छ।

हाल जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ। यो कर्णालीको एक मात्र स्वास्थ्य विज्ञान प्रतिष्ठान हो।