२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्सामै नभएको टुकुचाको रेखाङ्कन गर्न मिल्दैन : नापी विभाग

अ+ अ-

काठमाडौँ । हात्तीसारस्थित जयनेपाल हलदेखि कमलादीसम्म भूमिगत बनाइएको टुकुचाको रेखाङ्कन गर्न कानुनी रूपले नसकिने भूमि मन्त्रालयले निष्कर्ष निकालेको छ।

भदौ सुरुतिर महानगरले टुकुचाको रेखाङ्कन गर्न भन्दै नापी विभागलाई चिठी लेखेको थियो। त्यसपछि विभागले आफ्नो तालुक मन्त्रालय भूमि व्यवस्था मन्त्रालयमा महानगरको प्रस्ताव जानकारी गराएको थियो।

मन्त्रालयले त्यसपछि सहसचिव जनकराज जोशीको संयोजकत्वमा यसबारे अध्ययन गर्ने समिति गठन गरेको थियो। समितिले मुख्य दुई निष्कर्ष निकालेर मन्त्रालयलाई बुझाएको जोशीले जानकारी दिए।

समितिले टुकुचा रेखाङ्कन नै गर्ने भए सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित समिति बनाउन र अध्ययन गरेर निकालिएको निष्कर्षका आधारमा प्रक्रिया अघि बढाउन सक्ने अर्को निष्कर्ष पनि प्रतिवेदनले दिएको छ।

प्रतिवेदनको निष्कर्ष महानगरका प्रशासकीय अधिकृत वसन्त अधिकारी र मेयरका सल्लाहकार समेतलाई जानकारी गराइसकेको उनले बताए।

महानगरले पठाएको चिठीको जवाफ भने डिल्लीबजारस्थित नापी कार्यालयले दिने नापी विभागका प्रवक्ता दामोदर ढकालले जानकारी दिए। उनले पनि नक्सामा नदेखिएपछि टुकुचाको रेखाङ्कन गर्न कानुनी हिसाबले नमिलेको बताए।

मंगलबार मन्त्रालयमा सहसचिव तथा प्रवक्ता समेत रहेका जोशीको समितिले तयार पारेको प्रतिवेदनको प्रस्तुति कार्यक्रम थियो। कार्यक्रममा भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठ, मन्त्रालय, महानगर र नापी विभागका कर्मचारीहरू थिए। मेयर बालेन शाहलाई पनि कार्यक्रममा बोलाइएको थियो। तर उनले मंगलबार बिहान सचिवलाई फोन गरेर अर्कै बैठक भएकाले आफू आउन नसक्ने जानकारी गराएका एक कर्मचारीले बताए।

मन्त्रालयका अनुसार प्रतिवेदन प्रस्तुति क्रममा मेयरका सल्लाहकार विज्ञले ‘टुकुचा खोला खोइ’ ? भनेर सोधेका थिए।

विभागका अनुसार, हात्तीसार क्षेत्रको नापी २०३२ सालमा एक महिना लगाएर भएको थियो। त्यो क्षेत्रका जग्गाजमिन व्यक्तिहरूको नाममा देखिन्छ तर त्यहाँ टुकुचाको नक्सा छैन। नक्सामै नभएपछि रेखाङ्कन गर्न नसक्ने नापी विभागको भनाइ हो।

नक्सामा नदेखिएको भूमिगत खोला खोजेर रेखाङ्कन गर्ने अधिकार विभागलाई नभएको कर्मचारीहरू बताउँछन्। उनीहरूका अनुसार भूमिगत खोलालाई सतहमा ल्याएपछि मात्र रेखाङ्कन गर्न सकिन्छ।

भूमिगत टुकुचा सतहमा देखाउन पनि सरकारले पहिले कानुनी प्रक्रिया पुर्‍याएर जग्गा अधिग्रहण गर्नुपर्ने उनले बताए।

त्यसैले हात्तिसारका बासिन्दाले सरकारी जग्गा अतिक्रमण गरेको भन्दै गरिएको प्रचार जायज नभएको उनले बताए।

प्रतिक्रिया दिनुहोस