सेयर बजारमा ९.८३ अंकको गिरावट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सेयर बजारमा ९.८३ अंकको गिरावट


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.८३ अंकले घटेको छ । कारोबार सुरू भएको समयमा केही बढेर १८ सय ५५ अंकसम्म पुगेको नेप्से परिसूचक त्यसयता निरन्तर घटेर १८ सय ३८ अंकमा आएर रोकिएको हो ।

०.५३ प्रतिशतले परिसूचक घटेको दिन कारोबार रकम पनि घटेको छ । आज २५ लाख ४२ हजार कित्ता सेयर किनबेच भएर ६५ करोड ५७ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । जुन, हिजो बुधबारको तुलनामा ७ करोडले कम हो । हिजो नेप्से परिसूचक ११ अंकले बढेको दिन ७२ करोड रुपैयाँको कारोबार भएको थियो ।

आज कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये निर्जीवन बीमा कम्पनी समूहमा ५८ अंकको गिरावट आएको छ । यस्तै, लघुवित्त समूहमा ४३, जीवन बीमा समूहमा ४१, उत्पादनमूलक समूहमा ३२ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूह २७ अंकले घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस