बसको ठक्करबाट विद्यार्थीको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बसको ठक्करबाट विद्यार्थीको मृत्यु


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । धादिङको गजुरीमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । काठमाडौँबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले स्थानीय आदर्श माविका विद्यार्थीलाई ठक्कर दिएको हो ।

मृत्यु हुने विद्यार्थी कक्षा १ मा पढ्ने ६ वर्षीय विजय परियार रहेको विद्यालयका प्रधानाध्यापक राम अर्यालले बताए ।

गजुरी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिसुरालले ती विद्यार्थीको घटनास्थलमै मृत्यु भएको जानकारी दिइन् । जेब्रा क्रसबाट बाटो काट्दै गर्दा बसले विद्यार्थीलाई ठक्कर दिएको उनले बताइन् । अहिले गजुरी बजार तनावग्रस्त रहेको छ । दुवैतर्फबाट आएका सवारी साधन रोकिएका छन् ।

स्थानीय बासिन्दा र विद्यार्थीहरूले पृथ्वी राजमार्गमा प्रदर्शन गरिरहेका छन् । ठक्कर दिने बसलाई उनीहरूले आगजनी गरेको पनि उपाध्यक्ष बिसुरालले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस