राष्ट्रपतिको कदमविरुद्ध संयुक्त युवा संगठनले आज माइतीघरमा विरोध र्‍याली गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिको कदमविरुद्ध संयुक्त युवा संगठनले आज माइतीघरमा विरोध र्‍याली गर्ने


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । सत्ता गठबन्धनका युवा संघ संगठन राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध सडकमा उत्रिएका छन् ।

राष्ट्रपति भण्डारीले तोकिएको समयसीमा १५ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेर निस्क्रिय पारिदिए पछि गठबन्धनको बैठकले ‘राष्ट्रपतिले संविधानको उल्लंघन गरेको’ निस्कर्ष निकालेको थियो ।

लगत्तै गठबन्धनमा आवद्ध दलका युवा संगठनहरू विरोधमा उत्रिएका हुन् । संयुक्त युवा संगठनको बुधबारको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको ठहर गरेको छ ।

राष्ट्रपतिको कदमविरुद्ध आज दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध र्‍याली गर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस