कंग्रेसको अध्यक्ष पद २० वर्षपछि गान्धी परिवार बाहिर जाने सङ्केत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कंग्रेसको अध्यक्ष पद २० वर्षपछि गान्धी परिवार बाहिर जाने सङ्केत


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । भारतीय राष्ट्रिय कंग्रेसको पार्टी सभापतिमा दुई दिग्गज नेता प्रमुख दाबेदारको रूपमा देखिएका छन् । दाबेदार गर्नेमा राजस्थानका मुख्यमन्त्री अशोक गहलोत र केरलाका पार्टी सांसद शशि थरुर छन् । 

भारतीय मिडियाले तिनका स्रोतलाई उल्लेख गर्दै गहलोतले सेप्टेम्बर २६ देखि २८ बीचमा उम्मेदवारी दिनसक्ने बताएका छन् । उम्मेदवार लड्ने विषयमा थरुरले सोमबार सोनिया गान्धीलाई भेटेर नेतृत्व प्रतिस्पर्धामा उत्रिने तयारी गरेका छन् । स्रोतका अनुसार थरुरले सोमबार पार्टीको अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई भेटेर चुनाव लड्न अनुमति मागेका थिए । जवाफ सोनियाले चुनाव लड्न पार्टीभित्रका सबै नेताको समान भएको बताइन् । 

यदि गहलोत र थरुर मात्र चुनावी मैदानमा उत्रिए भने यो २० वर्षपछि पहिलो पटक गान्धी परिवार बाहिरका उम्मेदवार चुनिएर आउनेछन् । यसअघि नरसिंह राव प्रधानमन्त्री हुँदा सीताराम केसरी पार्टी अध्यक्षमा निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस