९ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?  « प्रशासन
Logo ११ आश्विन २०७९, मंगलबार
   

९ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ? 


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । ९ जना सहसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय, प्रदेश तथा संघीय सरकारमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव श्यामकृष्ण थापाको आर्थिक मामिला मन्त्रालय कर्णाली प्रदेशमा सरुवा भएको छ भने त्यहाँका भूपेन्द्र थापा गृह मन्त्रालयमा आएका छन् । सम्पत्ति शुद्धीकरण विभागबाट केही दिन अघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानिएका सहसचिव प्रेम प्रसाद भट्टराईको पनि गृह मन्त्रालयमा सरुवा भएको छ । 

घोराही उप महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद भट्टराईको सामाजिक विकास मन्त्रालय मधेस प्रदेश, गृह मन्त्रालयका सुरेश न्यौपाने पर्यटन मन्त्रालय प्रदेश नं. १, स्वास्थ्य मन्त्रालय, पोखराका श्रीराम तिवारीको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मन्त्रालयका विश्वबन्धु बगालेको स्वास्थ्य मन्त्रालय पोखरामा सरुवा गरिएको छ । 

यस्तै गृह मन्त्रालयका सहसचिव सन्त बहादुर सुनारको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका कृष्ण प्रसाद काप्रीको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवार काठमाडौँमा सरुवा भएको विवरण प्राप्त भएको छ । 

प्रशासन स्रोतका अनुसार अझै केही सहसचिवहरू सरुवाको सूचीमा छन् । सम्भवतः आचार संहिता घोषणा हुने अघिल्लै दिनसम्म पनि सरुवा निर्णय हुन सक्ने ती स्रोतको दाबी छ । जसमध्ये गृहबाट एक जना आउट हुँदै छन् भने अर्को एक मन्त्रालयका सहसचिवको निर्णय पनि चाँडै हुँदैछ । 

Tags :
प्रतिक्रिया दिनुहोस