थप ७४ जनामा कोरोना संक्रमण, १६० जना कोरोनामुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

थप ७४ जनामा कोरोना संक्रमण, १६० जना कोरोनामुक्त


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको परीक्षणमा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५३५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ९७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । पछिल्लो २४ घण्टामा १६० जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस