सान्जेनको आईपीओमा आवेदन दिने समय १५ दिन थप « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सान्जेनको आईपीओमा आवेदन दिने समय १५ दिन थप


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । ५ गतेदेखि निष्कासन गरेको आईपीओमा मागअनुसारको आवेदन नपरेपछि आवेदन दिने समय थप भएको हो। धितोपत्र बोर्डले समय थप गर्नका लागि निवेदन परेकाले १५ कार्यदिन समय थप गरेको जानकारी दिएको छ।

कम्पनीले भदौ ५ गतेदेखि १९ गतेसम्मको समयसीमा राखेर आईपीओ निष्कासन गरेको थियो। सो अवधिमा माग अनुसारको आवेदन परेन। त्यसपछि असोज ४ गतेसम्मका लागि समय थप भएको थियो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिने छ। कम्पनी सचिव घनश्याम श्रेष्ठका अनुसार धितोपत्र बोर्डले निर्णय गरेर निर्देशन नदिँदासम्म म्याद थप गर्न सकिँदैन। यसका लागि बोर्डले निर्णय गर्नुपर्ने भएकाले पहल भइरहेको उनले बताए। समयसीमाभित्रै आफ्नो सेयर सुरिक्षत गर्न कम्पनीले अनुरोध गरेको छ।

मागको तुलनामा आवेदन कम आएकाले म्याद थप गर्ने कम्पनीको तयारी छ। आइतबार साँझसम्ममा म्याद थप गर्ने कि नगर्ने भन्ने निर्णय हुने सम्भावना देखिन्छ।

यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र यसको सह-निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल तथा एनएमबी क्यापिटलले गरिरहेका छन्।

कम्पनीले रसुवाको आमाछोदिङ्मो-५, चिलिमेमा १४.८ मेगावट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावटको सान्जेन जलविद्युत् आयोजना निमाण गरिरहेको छ।

स्थानीयका लागि नेपालमा पहिलो पटक चिलिमे हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस