नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गर्दै माइतीघरमा धर्ना « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गर्दै माइतीघरमा धर्ना


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न माग गर्दै नागरिकताविहीन संघर्ष समिति नेपालले धर्ना दिएको छ।

नेपाल नागरिकता विधेयक, २०७९ प्रमाणीकरणको माग गर्दै संघर्ष समितिले माइतीघर मण्डलामा धर्नासहित प्रदर्शन गरेको हो।

संसद्ले दोस्रोपटक पारित गरेर विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको सोमबार १४ दिन बितेको छ । १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यता भए पनि राष्ट्रपति भण्डारी अझै परामर्शमै व्यस्त छिन्।

धर्नामा सहभागीहरूले ‘देशको नागरिक पहिचान गर’, ‘अनागरिक बनाउन पाइँदैन’, ‘नेपाली आमाका सन्तान अनागरिक कहिलेसम्म ?’ जस्ता मागहरू लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस