जाजरकोटमा जीप दुर्घटना हुँदा ६ जना घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जाजरकोटमा जीप दुर्घटना हुँदा ६ जना घाइते


४ आश्विन २०७९, मंगलबार


जाजरकोट । जाजरकोट छेडागाडमा मङ्गलवार बिहान जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

कर्णाली प्रदेश ००१ च ०३४४ नम्बरको जीप अनियन्त्रित भई सडकदेखि तल खस्दा दुर्घटना भएको हो।

छेडागाड नगरपालिका –२ घट्टे खोला नजिक जीप दुर्घटना भएको हो। छेडागाड –१ साल्मतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जीप कृष्ण बहादुर बुढाले चलाएका थिए। अनियन्त्रित भएर सडकदेखि तल खसेर दुर्घटना भएको हो।

घाइते ६ जनाको छेडागाड नगरपालिका –१ को साल्मस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस