२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोविन्द केसीको अवस्था झन् बिग्रँदो, काठमाडौँ लैजान आग्रह

अ+ अ-

धनगढी । एक हप्तादेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ वटा माग राखेर आमरण अनसनमा बसेका चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य स्थिति झन् जटिल हुँदै गएपछि सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको छ ।

अनसन बसेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो । औषधि सेवन नगर्दा उनको स्वास्थ्य स्थिति गम्भीर भएकाले प्रादेशिक अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई विशिष्ट स्वास्थ्य सुविधा भएको अस्पतालमा लैजान सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी पठाएको छ ।

सोमबार सेती प्रादेशिक अस्पतालले डा। केसीको स्वास्थ्य अवस्थाका विषयमा विज्ञप्ति जारी गर्दै केसीले लिखित रुपमै मुखबाट पानी र नसाबाट रिडगर ल्याक्टेट बाहेक अन्य कुरा नलिने अडान लिएका कारण समस्या गम्भीर भएको जनाएको छ । शरीरमा पानीको मात्रा कम भई अल्सरका कारण शरीरभित्र आन्तरिक रक्तस्राव भएको र पोषण तत्त्व कम हुँदा जटिलता बढेको अस्पतालले जनाएको छ ।

अस्पतालले डा. केसीको थप उपचारका लागि बहुविशेषज्ञ भएको विशिष्टीकृत अस्पतालमा लैजान प्रदेशको सामाजिक विकास मन्त्रालय, मानवअधिकार आयोग र संघीय स्वास्थ्य मन्त्रालयलाइ आग्रह गरेको छ ।

डा. केसीका सहयोगी नागरिक अगुवा प्रमोद पाठकले पनि सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनको स्वास्थ्य अवस्था बाहिर आए भन्दा निकै गम्भीर रहेको र कुनैपनि समय दुर्घटना हुन सक्ने सम्भावना बढेको बताएका छन् । डा. केसीले अन्य अस्पतालमा जान इच्छा देखाएका छैनन् तर उनको अवस्थाचाहिँ अविलम्ब काठमाडौँ लैजानुपर्ने देखिएको छ ।

सेती प्रादेशिक अस्पतालका चिकित्सकहरु पनि अनौपचारिक रुपमा डा. केसीको अवस्था जटिल रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस