२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमबिबिएसका विद्यार्थीको पक्षमा सर्वोच्चको फैसला (पूर्णपाठ)

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगलाई प्रविधिको प्रयोगका कारण धेरै विद्यार्थीको परीक्षाफल रद्द हुने अवस्थाप्रति ध्यानाकर्षण गराउँदै विद्यार्थीका लागि सहज र प्रभावकारी प्रक्रिया बनाउन निर्देशन गरेको छ ।

चिकित्सा शिक्षा आयोगले २०७८ सालमा लिएको एमबीबीएस परीक्षाको नतिजा प्रकाशन गर्दा ओएमआर अर्थात् उत्तरपुस्तिकामा गलत रोल नम्बर र प्रश्नपत्र सेटमा गलत बबल गरिएको कारणले आयोगले परीक्षाफल प्रकाशित नगरेपछि विद्यार्थीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

आयोगमा सुरक्षित गरिएको व्यक्तिगत प्रोफाइलमा आफूहरूले परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कसहितको नतिजा नदेखाइएको भन्दै उनीहरूले सार्वजनिकको माग गरेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासले परीक्षाको आधारभूत मापदण्डको रूपमा लिने गरिएकाले परीक्षाको न्यूनतम मापदण्ड नै नपुगेकाले उत्तरपुस्तिकाको परीक्षण हुन नसकेको विषयलाई गलत मान्न नसकिने भन्दै रिट निवेदन खारेज गरेको छ ।

साथै विद्यार्थीले उत्तरपुस्तिकामा आफ्नो रोल नम्बर बबलमा अनिवार्य भर्नुपर्नेमा सो नभरेर जाँच गर्ने मेशिनले परीक्षण नगरेको कारणबाट परीक्षा रद्द भएको उत्तरपुस्तिकाबाट पुष्टि हुन आएको आदेशमा उल्लेख छ ।

रिट निवेदकमध्ये १० जना परीक्षार्थीले उत्तरकुञ्जिकामा रोल नम्बर सेडिङ गर्दा ठिक ठाउँमा नगरेको, तीन जनाले उत्तरपुस्तिकामा रोल नम्बर र प्रश्नपत्रको सेट ओएमआरमा सही ढङ्गले जनाउ नगरेका कारण उत्तरपुस्तिका स्वतः रद्द भएको अदालतको ठहर छ ।

आदेशमा सर्वोच्चले फैसलाको पूर्णपाठमा भनेको छ, ‘ओएमआरमा बबलिङ गरेर कम्प्युटर प्रणालीबाट परीक्षण नहुने र व्यक्तिबाटै परीक्षण हुँदा त्यसको स्वच्छता, निष्पक्षता, मर्यादा र विश्वसनीयतामा प्रश्न उठ्ने हुन्छ । जसका कारण मेसिनलाई रोक्नेभन्दा बढी विद्यार्थीका लागि यसको अभ्यास गराउनुपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ ।‘

साथै अदालतले परीक्षण प्रणालीको सहजता र स्वीकार्यताका दृष्टिले संवेदनशील मान्नुपर्ने हुनाले आगामी दिनमा प्राविधिक त्रुटिका कारण योग्यता मापन प्रतिस्पर्धाबाट वञ्चित हुने अवस्था सिर्जना नहुनेतर्फ पर्याप्त जानकारी, अनलाइन वा अन्य कुनै विधिबाट पूर्वाभ्यासको विधि अवलम्बन गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशनात्मक आदेश दिएको छ ।

यसैबीच सर्वोच्चले परीक्षार्थीको व्यक्तिगत प्रोफाइलमा अपलोड गर्ने वा हेर्न चाहेमा आवश्यक व्यवस्था मिलाउनसमेत निर्देशनात्मक आदेश दिएको छ ।

पूर्णपाठ !

प्रतिक्रिया दिनुहोस