किर्गिस्तान र काजकिस्तान भिडन्तमा कम्तीमा ९४ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

किर्गिस्तान र काजकिस्तान भिडन्तमा कम्तीमा ९४ जनाको मृत्यु


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । किर्गिस्तान र ताजिकिस्तान सीमा क्षेत्रमा भएको हिंसात्मक भिडन्तमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ । 

वर्षौँपछि भएको यो सबैभन्दा भयावह भिडन्त हो । यी दुई मध्य एसियाली मुलुकबीच बुधवार देखि भिडन्त सुरु भएको हो । शुक्रबार तिनीहरूबीच युद्धविरामका लागि सहमति भएको थियो । विघटित सोभियत संघका यी दुई गणराज्ययबीच सीमालाई लिएर नियमित रूपमा भिडन्त हुने गरेको छ । 

यसैगरी दुवैले एकले अर्कालाई हिंसा सुरु गरेको दोष दिने गरेका छन् । ताजिकिस्तान र किर्गिस्तानबीच एक हजार किलोमिटर लामो सिमाना जोडिएको छ । त्यसमध्ये एक तिहाइ सिमाना विवादास्पद रहेको छ । 

सन् २०२१ मा पनि सीमाक्षेत्रमा यी दुई मुलुकबीच भिडन्त हुँदा झण्डै ५० जनाको ज्यान गएको थियो । 

आइतबार राति किर्गिस्तानले थप १३ जनाको मृत्यु भएपछि आफ्नो पक्षमा मृतकको संख्या ५९ पुगेको तथा एकसय जना भन्दा बढी घाइते भएको बताएको थियो ।

त्यसैगरी ताजिकिस्तानले आफ्ना ३५ जना नागरिक मारिएको र कम्तीमा २० जना घाइते भएको बताएको छ ।

किर्गिस्तानले युद्ध क्षेत्रबाट करिब १ लाख ३७ हजार मानिसलाई विस्थापित गरिएको जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस