प्रजातन्त्र सेनानी प्रधानको निधन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रजातन्त्र सेनानी प्रधानको निधन


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । प्रजातन्त्र सेनानी तोरेन्द्रमानसिंह प्रधानको निधन  भएको छ । विराटनगर महानगरपालिका १० का बासिन्दा प्रधानको ९३ वर्षको उमेरमा सोमबार दिउँसो निधन भएको हो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि प्रधानलाई आइतबार न्युरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । उपचारका क्रममा सोमबार दिउँसो प्रधानको निधन भएको अस्पतालले जनाएको छ ।

२००७ सालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय प्रधान नेपाली काँग्रेससँग नजिक थिए । लाभको पदमा नबसेका उनी नेवारी र नेपाली संस्कृतिको ज्ञाता थिए ।

पछिल्लो समय उनी वातावरण संरक्षण अभियानमा जोडिएका थिए ।  उनका तीन छोरी र श्रीमती छन् । प्रधानको अन्तिम संस्कार मंगलबार गरिने परिवारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस