बादल पत्नी नैनकला एमालेको समानुपातिक सूचीमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बादल पत्नी नैनकला एमालेको समानुपातिक सूचीमा


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापाकी पत्नी नैनकला थापालाई प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनाएको छ ।

एमालेले सोमबार साँझ निर्वाचन आयोगमा ११० जनाको सूची बुझाएको छ, जसमा पदाधिकारीहरू छैनन् । तर उपाध्यक्ष बादलकी पत्नी नैनकलाको नाम समावेश छ ।

बादल मन्त्रीबाट हट्नु परेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नैनकलालाई सञ्चारमन्त्री बनाएको थियो । २७ वैशाखमा सञ्चारमन्त्री भएकी उनी सर्वोच्च अदालतको आदेशका कारण दुई सातामै पदबाट हट्नु परेको थियो ।

यो पटक समानुपातिक उम्मेदवार छनोटमा एमालेले यसअघि अवसर पाएका र पछिल्ला चुनावमा उम्मेदवार बनेकाहरूलाई  समानुपातिकको बन्दसूचीमा नराख्ने मापदण्ड बनाएको छ । यो मापदण्डले राष्ट्रियसभा उपचुनाव हारेका बादल स्वतः सूचीबाट बाहिरिए ।

तर एमालेले उनीकी पत्नी नैनकलालाई समानुपातिकको बन्दसूचीमा समावेश गरेको छ ।

उमा कोइराला, शान्ति खनाल, सुनिता बराल, मेनका पछाइ, भक्तकुमारी लामा, दीपा शर्मा, क्रान्ति बुर्लाकोटी लगायत पनि एमालेको बन्दसूचीमा अटाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस