डेंगुका कारण २० जनाको मृत्यु, साढे १६ हजार बढी संक्रमित « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

डेंगुका कारण २० जनाको मृत्यु, साढे १६ हजार बढी संक्रमित


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । नेपालमा गएको पाँच साताको अवधिमा डेंगु संक्रमण कारण २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार श्रावण महिनायता २० जनाको ज्यान भएको हो ।

७५ जिल्लामा डेंगु फैलँदा १६ हजार ५८७ जना संक्रमण पुष्टि भएको छ ।  सबैभन्दा धेरै बाग्मती प्रदेशमा १२ हजार ४०१ जना डेंगु संक्रमित भएका छन् । यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ४२२ जनामा संक्रमित हुँदा  १ नम्बर प्रदेशमा ५०४ जना संक्रमित भएका छन् । 

यस्तै क्रमशः सुदूरपश्चिम प्रदेशमा ४९३, गण्डकी प्रदेशमा ३२२, मधेस प्रदेशमा २४२ र कर्णाली प्रदेशमा  २०३ जना संक्रमित  भएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस