बन्दसूची बोकेर एमाले पुग्यो निर्वाचन आयोग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बन्दसूची बोकेर एमाले पुग्यो निर्वाचन आयोग


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्द सूची बोकेर एमाले नेताहरू निर्वाचन आयोग पुगेका छन् । एमालेका तर्फबाट समानुपातिक तर्फको बन्द सूची बुझाउन एमाले निर्वाचन आयोग विभागका उपप्रमुख नीरज आचार्यसहितको टोली आयोग पुगेको हो । 

निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन प्रतिनिधिसभा र प्रदेश सभा तर्फको बन्द सूची बुझाउन समय तोकेको थियो ।  पहिलो दिन सूची बुझाउन थोरैमात्र दलहरू पुगे पनि दोस्रो दिन प्रमुख राजनीतिक पार्टीसहित अधिकांश पार्टीका नेताहरू सूची बुझाउन आयोग पुगेका हुन् । 

सोमबार एमालेसहित काँग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा लगायत दलका प्रतिनिधि आयोग पुगेर आयोगको नियमअनुसार धरौटी रकम जम्मा गर्ने र सूची बुझाउने गरेका छन् ।

बन्दसूची बुझाएपनि आचार्यले एमालेले बनाएको मापदण्ड अनुसार समानुपातिकको बन्दसूची  पेस गरेको जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस