माओवादीले बुझायो समानुपातिक सूची, बाबुरामको पार्टीका ५ जना  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माओवादीले बुझायो समानुपातिक सूची, बाबुरामको पार्टीका ५ जना 


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गरेको छ ।

सोमबार महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनसहितका नेताहरू निर्वाचन आयोग पुगेर सूची बुझाएका हुन् ।

पुनका अनुसार माओवादीको चुनाव चिह्नबाट लड्न तयार भएका डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका ५ जनाको नाम प्रतिनिधिसभाको बन्दसूचीमा राखिएको छ ।

प्रतिनिधिसभामा भट्टराईको पार्टीका ५ जनासहित ११० र प्रदेशसभामा २२० गरी कूल ३३० जनाको नाम पेस गरिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस