डा.केसीको जीवनरक्षा गर्न चिकित्सक सङ्घको माग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डा.केसीको जीवनरक्षा गर्न चिकित्सक सङ्घको माग


३ आश्विन २०७९, सोमबार


काठमाडौं । नेपाल चिकित्सक सङ्घले डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ ।

सङ्घले आइतबार विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएकोमा ध्यानाकर्षण गराएको छ । चिकित्सक सङ्घले भनेको छ, ‘उहाँको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निष्कर्षमा पुर्‍याई डा. केसीको जीवन रक्षा गरिदिनु वार्ता टोलीलाई हार्दिक अनुरोध गर्दछ ।’

यसअघिका सम्झौता कार्यान्वयन र स्वास्थ्य क्षेत्रमा सुधारका माग राखेर डा.केसी अनशनरत छन् ।

उनलाई राखिएको सेती प्रादेशिक अस्पतालले मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्राबको शङ्का भएको भन्दै थप जटिलता हुन सक्ने हुनाले बहुविशेषज्ञ भएको विशिष्टीकृत अस्पतालमा स्थानान्तरणका लागि पहल गर्न आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस