सोलुखुम्बुमा प्रचण्डको प्रतिक्रिया-मैले यस्तै विकासको कुरा गरेको हो ! « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

सोलुखुम्बुमा प्रचण्डको प्रतिक्रिया-मैले यस्तै विकासको कुरा गरेको हो !


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा भएको विकास निर्माणका कामहरूको प्रशंसा गरेका छन् ।

सोमबार दुधकोशी सामुदायिक अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्‍याउने र शिक्षा, स्वास्थ्य रोजगारीको नयाँ अभियानको चर्चा गर्दै गर्दा आफूले यस्तै विकासको कुरा गरेको भन्दै प्रशंसा गरेका हुन् ।

‘यस्तै शिक्षालय, यस्तै अस्पताल, जनतालाई सेवा दिने भवन सिंहदरबारको कुरा गरेको हो र जनतालाई अझ धेरै अधिकार दिने कुराको पक्षपोषण गरेको हो’, प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले सोलुखुम्बु सगरमाथाको जिल्ला भनेर संसारमा चिनिएको पनि बताए ।

‘सगरमाथाको काखमा भएको तपाईँको जिल्लामा सोलुखुम्बुवासीका निम्ति शिक्षा, स्वास्थ्य रोजगारी, बाटोघाटो, विद्युतीकरणले कस्तो मोडल अपनाउँछ त्यो पनि संसारभर देखिन्छ’, उनले सोलुमा भएको विकासको मोडल संसारले हेर्ने बताए । बाटोघाटोबाट नजोडिएका सोलुखुम्बुमा ४८ वटा वडा मात्रै ५ वर्षमा जोडिएको, अस्पताल, विद्युतीकरण र शिक्षामा समेत भएको विकास समाजवादतर्फको यात्रा भएको उनले बताए । ‘साँच्चै संसारको सबैभन्दा अग्लो टाकुराबाट समाजवादको सन्देश दिनुभएको छ’ प्रचण्डको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस