२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीद्वारा समानुपातिक उम्मेदवारको सूची तयार, हस्ताक्षरका लागी प्रचण्डलाई कुर्दै

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक प्रणालीतर्फका उम्मेदवार टुङ्गो लगाएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार उम्मेदवारको बन्दसूची तयार भइसकेको छ । त्यसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्न मात्रै बाँकी छ ।

प्रचण्ड सोमबार नै सोलुखुम्बुमा गाउँपालिकाको भवन उद्घाटन गर्न गएका छन् । उनले त्यस क्रममा आफूले हस्ताक्षर नगरेसम्म बन्दसूचीले वैधानिकता नपाउने भन्दै फर्किन हतार भएको बताएका थिए।

समानुपातिक उम्मेदवारको सूची टुङ्ग्याउन सोमबार बिहान बोलाइएको पदाधिकारी बैठक २ बजेसम्मलाई स्थगित गरेर प्रचण्ड सोलुखुम्बुको दुधकोसी गाउँपालिकाको भवन उद्घाटन गर्न गएका थिए ।

अब प्रचण्ड फर्केपछि साढे तीनबजेतिर मात्रै पदाधिकारी बैठक बस्ने छ । समानुपातिक सूची मिलाउन माओवादीले महासचिव देव गुरुङको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदलले तल्ला कमिटीबाट आएका नाम आइतबार घटाएर ४ सयमा झारेको थियो ।

कार्यालय सचिव उपाध्यायका अनुसार सोमबार बिहान बसेको कार्यदलको बैठकले ४ सयबाट पनि नाम घटाएर ३३० मा झारेको छ । दलहरूले प्रतिनिधिसभाका लागि ११० र प्रदेशसभाका लागि २२० गरी ३३० जनाको बन्दसूची निर्वाचन आयोगमा सोमबार नै पठाउनुपर्नेछ ।

माओवादीले समानुपातिकमा यसअघिका सांसदलाई नदोहोर्‍याउने मापदण्ड बनाएको छ । उपाध्यायले पदाधिकारीबाट कोही पनि समानुपातिक सूचीमा नपरेको बताए । माओवादीको पदाधिकारी २१ सदस्यीय छ, जसमध्ये अधिकांश प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् ।

पदाधिकारी बैठकले सूची टुङ्ग्याएपछि माओवादी त्यसलाई बुझाउन आयोग जाने भएको छ ।

प्रतिक्रिया दिनुहोस