अनशनरत डा. केसीलाई सुविधासम्पन्न अस्पतालमा लैजान सेती अस्पतालको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अनशनरत डा. केसीलाई सुविधासम्पन्न अस्पतालमा लैजान सेती अस्पतालको आग्रह


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । स्वास्थ्य सेवा सुधारका विभिन्न माग राखेर ८ दिनदेखि अनशनमा रहेका डा.गोविन्द केसीलाई उपचारका लगिए अन्यत्र लैजान सेती प्रादेशिक अस्पतालले आग्रह गरेको छ ।

केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्राबको शङ्का भएको भन्दै अस्पतालका प्रवक्ता डा.शेरबहादुर कमरले थप जटिलता हुन सक्ने हुनाले बहुविशेषज्ञ भएको विशिष्टीकृत अस्पतालमा स्थानान्तरणका लागि पहल गर्न आग्रह गरेका छन् ।

अस्पतालले विशिष्टीकृत अस्पतालमा स्थानान्तरणको पहल गरिदिन सुदूरपश्चिम मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र संघीय स्वास्थ्य मन्त्रालयमा जानकारी गराएको छ ।

धनगढी स्थित कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि अनशन बसेको ३ दिनपछि २९ भदौमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनमा केसीलाई पेट दुख्ने, कमजोरी हुने, टाउको दुख्ने, रिङटा लाग्ने, श्वास फेर्न गाह्रो हुने, मांशपेशी बाउँडिने, मुटुको धड्कन गडबडी र अक्सिजनको मात्रा घट्दै गएको पनि अस्पतालले जनाएको छ ।

केसीको उपचारमा अस्पतालले शुद्ध पानी, नर्मल स्लाइन, रिंगर ल्याक्टेट मात्र प्रदान गरिएको प्रवक्ता डा. कमरले जानकारी दिए । चिकित्सकीय टोलीबाट नियमित स्वास्थ्य परीक्षण गराई राखेको र मनिटरबाट शरीरको अक्सिजन, मुटुको धड्कन र रक्तचाप अनुगमन गरी राखेको अस्पतालले जनाएको छ ।

विज्ञप्ति:

Tags :
प्रतिक्रिया दिनुहोस