नेपाल प्रहरीका ६५ जना विभूषित (सूचीसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल प्रहरीका ६५ जना विभूषित (सूचीसहित)


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । संविधान दिवसको अवसरमा नेपाल प्रहरीका ६५ जनालाई विभूषित गर्ने घोषणा गरिएको छ । मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा हुनेहरूमा प्रहरी हवलदारदेखि प्राविधिक तर्फका डिआइजीसम्म छन् ।

प्राविधिक डिआइजी डा. सुन्दर प्रसाद ह्योजुसहित १० जना प्रहरीलाई सुप्रवल जनसेवाश्री प्रदान गर्ने घोषणा गरिएको छ । सुप्रबल जनसेवाश्री पाउनेमा प्रहरी वरिष्ठ उपरीक्षकहरू चक्रबहादुर सिंह, भरत बहादुर बोहरा, मधुसूदन लुइँटेल, कृष्णहरि शर्मा, अर्जुन चन्द ठकुरी, सुरेन्द्र प्रसाद मैनाली, प्राविधिक तर्फ वरिष्ठ उपरीक्षकहरू डा. देउती गुरुङ, राकेश कुमार सिंह र छायाँदेवी गुरुङ छन् ।

प्रबल जनसेवाश्री १३ जना प्रहरीलाई प्रदान गर्ने घोषणा गरिएको छ । प्रबल जनसेवाश्री पाउनेमा एसपीहरू विश्व अधिकारी, सन्तोष खड्का, दीप शम्शेर जबरा, रज्जु सिग्देल, योग बहादुर पाल छन् । डिएसपीहरू मकेन्द्र कुमार मिश्र, होम बहादुर पराजुली, तर्कराज पाण्डेय, फणीन्द्र प्रसाईँ, रन्जन कुमार दाहाल, इन्स्पेक्टरहरू मणिराम थापा, बबिन्द्र नेम्बाङ र सालिकराम तिमिल्सिनालाई पनि प्रबल जनसेवाश्री प्रदान गर्ने घोषणा गरिएको छ ।

राष्ट्रदीप १५ जनालाई प्रदान गर्ने घोषणा गरिएको छ । सहायक हवल्दार प्रकाश कठायत, डिएसपी कृष्ण कुमार चन्द, डिआइजी उमेश जोशी, डिएसपी वेद प्रकाश जोशी, डिएसपीहरू वसन्त कुमार शर्मा, मनोजित कुँवर र गोविन्द थापा, इन्सपेक्टरहरु शेखर जङ्ग मल्ल, कमल वेल्बासे, दिपेन्द्र कुमार खत्री, वीरेन्द्र सिंह जोहारी, तिलक बहादुर सुनार, गजेन्द्र रावल, देवेन्द्र बहादुर शाह र केशव गौतमले राष्ट्रदीप पाउने भएका छन् ।

नेपाल प्रताप आभूषण २१ जनालाई प्रदान गर्ने निर्णय गरिएको छ । वरिष्ठ प्रनानीहरु उपेन्द्र बहादुर बुढाथोकी, जनक कुमार गिरी, डम्बर बहादुर चन्द, प्रकाश प्रसाद थानी र दिवानी चन्दले सो पदक पाउने भएका छन् । प्रनानीहरु कमल परियार, किशोर थापा, सागर थापा, प्रदेशी राम चौधरी र रमेश कुमार खड्कालाई सो पदक दिने घोषण गरिएको छ ।

असईहरू सचेन्द्र प्रसाद यादव, झुपलाल खड्का र चेतनाथ गिरीले पनि सो पदक पाउने भएका छन् । नेपाल प्रताप भूषण पाउने प्रहरी उपरीक्षकहरूमा श्याम कुमार महतो, अनुपम शमशेर जबरा, नवराज अधिकारी, सुरेश प्रसाद काफ्ले, भुवनेश्वर तिवारी, कमल थापा र वेद विष्ट छन् । प्राविधिक तर्फका एसपी ज्ञानेन्द्र कुमार राईलाई पनि नेपाल प्रताप आभूषण दिने घोषण गरिएको छ ।

नेपाल प्रताप भूषण पाउनेमा वरिष्ठ हवल्दार भेष बहादुर मगर, हवलदारहरू सपना श्रेष्ठ, हस्त बहादुर साँवत र विनोद थापा छन् । प्रहरी सहायक हवल्दार साजन लामालाई वीरता पदक दिने घोषणा गरिएको छ । हवल्दार बुद्धिराज तामाङलाई सौर्य पदक प्रदान गर्ने घोषण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस