यसरी मनाइयो टुँडिखेलमा संविधान दिवस (फोटाे फिचर) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यसरी मनाइयो टुँडिखेलमा संविधान दिवस (फोटाे फिचर)


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । संविधानसभाबाट नयाँ संविधान जारी भएको आज ७ वर्ष पूरा भएको छ ।

सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ ।

दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अङ्गका प्रमुखलगायत सहभागी छन् ।

टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस