कर्मचारी सञ्चयकोष ६१ औँ वर्षमा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी सञ्चयकोष ६१ औँ वर्षमा


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । कर्मचारी सञ्चयकोषले ६१ औँ वार्षिकोत्सव मनाएको छ। कोषले ‘सुरक्षित भविष्यका लागि निवृत्त भरण तथा सञ्चयकोष’ भन्ने मूल नाराका साथ वार्षिकोत्सव कार्यक्रम गरेको हो।

२०१९ सालमा स्थापना भएको कोषले २०३६ सालदेखि सरकारी शिक्षकहरूको कोष कट्टीको सुरुवात गरेको थियो। यस्तै ०४७ सालदेखि निजी क्षेत्रको कोष कट्टीको सुरुवात गरेको कोषले २०५२ देखि कूटनीतिक नियोग, गैरसरकारी संस्थालगायतको कोष कट्टी गर्दै आइरहेको छ।

कोषले २०७६ देखि योगदानमा आधारित निवृत्तभरण योजना र २०७७ देखि सार्वजनिक निकायको निवृत्तिभरण तथा उपदान योजनाको सञ्चालन गर्दै आएको कार्यक्रममा जानकारी दिइयो।

कोषका निमित्त प्रमुख जितेन्द्र धितालले कोषले क्युआर कोर्डसहितको कार्डको व्यवस्था गर्नुका साथै कार्यालयको सम्पूर्ण सुविधा र जानकारीको लागि केएसके मोबाइल एपसमेत सञ्चालनमा ल्याएको बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईले कोषले सञ्चयकर्तालाई विश्वास दिलाउने काम गरेर उनीहरूको मन जित्न सफल भएको बताउँदै कोषमा सञ्चयकर्ताको रकम र भविष्य मात्रै सुरक्षित नभएर सबैलाई लाभ पनि मिलेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस