मालीमा डिआईजीको नेतृत्वमा सशस्त्र प्रहरीको रेकी टिम « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मालीमा डिआईजीको नेतृत्वमा सशस्त्र प्रहरीको रेकी टिम


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । संयुक्त राष्ट्रसंघीय युएन मिशन मालीमा नयाँ फौज खटाउनुअघि सशस्त्र प्रहरी बलले डिआईजीको नेतृत्वमा रेकी टिम पठाएको छ ।

डिआईजी गणेश ठाडामगरको नेतृत्वमा रेकी टिम मालिमा गएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डिआईजी) बिदुर खड्काले बताए ।

रेकी टिममा एसएसपी अन्जनी पोखरेल र एसपी रविन कर्णजित छन् । २०२३ जनवरीबाट मालिमा सशस्त्र प्रहरीले फम्र्ड पुलिस युनिट (एफपियु) खटिँदै छ । राष्ट्रसंघको आग्रहमा मालिमा पहिलोपटक खटिन लागेको सशस्त्र प्रहरीका १४० जना समुह परिचालित हुनेछन् । सो फौजलाई सशस्त्र प्रहरी उपरिक्षकले कमाण्ड गर्ने डिआईजी खड्काले जानकारी दिए ।

एफपियु खटिनुअघि गएको रेकी टिमले त्यहाँको बस्तुस्थितीबारे प्रतिवेदन दिनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस