बजार अनुगमन बढाउन विभागले गर्‍यो जनशक्ति थप « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बजार अनुगमन बढाउन विभागले गर्‍यो जनशक्ति थप


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्न जनशक्ति थप गरेको छ । जनशक्ति थपेर दैनिक टोली दोब्बर पारिएको र अनुगमनको क्षेत्र पनि फराकिलो पारेको विभागले जनाएको छ ।

आइतबारदेखि विभागले अनुगमन टोली ४ बाट ९ बनाएको विभागका सूचना अधिकारी एवम् अनुगमन शाखा निर्देशक होमनाथ भट्टराईले बताए ।

अनुगमनलाई विषयगत बनाएर थप विस्तृत बनाउन फलफूल तथा तरकारी, नाप तौल, खाद्य तथा प्रोसेसिङ फुडको विज्ञसहितको टोली परिचालन गरेको भट्टराईले बताए ।

चाडपर्व लक्षित अनुगमन बढाएको भन्दै विभागले उपभोक्ता हितका विषयहरू गुनासोको रूपमा टिपाउन पनि उपभोक्तालाई आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस