२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लौरो’ चुनाव चिन्ह खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता 

अ+ अ-

काठमाडौँ । लौरो चुनाव चिन्हको सम्बन्धमा प्रस्ट पारिदिन निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।  हाम्रो नेपाल पार्टीले केही समय अघि नै लौरो चुनाव चिन्ह आफ्नो भनेर आयोगमा दर्ता गरेपनि स्वतन्त्रहरूको साझा चिन्ह भन्दै प्रचार भएपछि आयोगसँग प्रस्टीकरणका लागि निवेदन दर्ता भएको हो । 

आइतबार निर्वाचन आयोगमा पुगेर काठमाडौँ क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार विजय कँडेल र क्षेत्र नम्बर ९ का स्वतन्त्र उम्मेदवार सुनिल रिजालले संयुक्त रूपमा हाम्रो नेपाल पार्टीको लौरो चिन्ह बारेमा प्रस्टीकरण दिन निवेदन दर्ता गराएका हुन्। 

स्थानीय तहको निर्वाचनमा आयोगले ‘लौरो’ चुनाव चिन्ह केही उम्मेदवारहरूलाई प्रदान गरेकोमा हाल सोही चुनाव चिन्हलाई हाम्रो नेपाल पार्टीले स्वतन्त्रहरूको साझा चुनाव चिन्ह लौरो भनेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा प्रचार प्रसार गरिरहेको छ। यो निर्वाचन चिन्ह आयोगले २०७९ असार २९ गते (सी.नं. ११४, दर्ता नं.१८८) अनन्तराज घिमिरेको अध्यक्षतामा रहेको ‘हाम्रो नेपाली पार्टी’ नामको दललाई दिइ सकेको छ । यद्यपि दलको रूपमा दर्ता भएपछि पनि उक्त पार्टीले भने आफूलाई स्वतन्त्र भनेर दाबी गर्ने गरेको र चुनाव चिन्ह समेत स्वतन्त्रहरूको साझा भन्ने गरेकाले उक्त क्रियाकलाप कानुन विपरीत क्रियाकलाप भएको उजुरी पत्रमा लेखिएको छ । 

त्यस्तै काठमाडौँ क्षेत्र नम्बर ९ का स्वतन्त्र उम्मेदवार सुनिल रिजालले पनि पार्टी दर्ता गर्दा साझा चुनाव चिन्ह भनेर दर्ता गरेको छैन भने उक्त चुनाव चिन्ह स्वतन्त्रहरूको साझा तथा वैकल्पिक चिन्ह भनेर जनमानसमा भ्रम छर्ने काम भएको भन्दै आपत्ति जनाएका छन्। उनले हाम्रो नेपाल पार्टीले जनतामा भ्रम छर्न लिएको लौरो  चुनाव चिन्ह खारेज गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस