Logo २३ कार्तिक २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

लाइसेन्सका लागि अनलाइन आवेदन खुला


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । यातायात व्यवस्था विभागले आकस्मिक रूपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ।

सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेयले जानकारी दिए।

उनकाअनुसार विभागले एक सूचना जारी गरी यही असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक रूपमा लाइसेन्स लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।

अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकले आकस्मिक रूपमा लाइसेन्स निकाल्न सक्ने गरी व्यवस्था मिलाइएको यातायात व्यवस्था विभागले जनाएको छ।

विभागका अनुसार सेवाग्राहीले आवश्यक कागजात अनलाइनमा नै प्रविष्ट गर्न सक्ने छन्।

निवेदकले सवारीचालक अनुमतिपत्र लिन जाँदा निवेदनको प्रिन्टसहित पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति लिएर विभागमा पेस गर्नुपर्ने व्यवस्था मिलाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस