वन विभागको महानिर्देशकमा त्रिपाठी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वन विभागको महानिर्देशकमा त्रिपाठी


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । वन तथा भूसंरक्षण विभागको महानिर्देशकमा देवेशमणि त्रिपाठीको सरुवा भएको छ। मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा सरुवा भएका उनले आइतबार पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहण गर्दै महानिर्देशक त्रिपाठीले वन विभागको ‘लिगेसी’लाई घट्न नदिने प्रतिबद्धता जनाए। मुलुक संघीय संरचनामा रहेको अवस्थामा वनका सङ्घ र प्रदेशबीचका निकायबीच समन्वयलाई प्राथमिकता दिने उनले बताए।

त्रिपाठी यसअघि वन विभागको उपमहानिर्देशक थिए। त्यसपछि सुदूरपश्चिम प्रदेश वन मन्त्रालयका सचिव बनेका उनी हालै मात्र वन तथा वातावरण मन्त्रालयमा आएका थिए।

यसअघि महानिर्देशक रहेका डा. राजेन्द्र केसीको सरुवा वन मन्त्रालयमा मिलाइएको छ। वनमन्त्री प्रदीप यादवले गत सोमबार केसीलाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उपमहानिर्देशकमा सरुवा गरेका थिए। तर, महानिर्देशकलाई उपमहानिर्देशक बनाइएको भन्दै तीव्र आलोचना भएपछि सरुवा संशोधन गरिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस