निर्वाचन आयोगबाट तीन जना पक्राउ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

निर्वाचन आयोगबाट तीन जना पक्राउ


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगमा होहल्ला तथा नाराबाजी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिकको बन्दसूची बुझाउने दिन त्यहाँ पुगेका समाजवादी केन्द्रका अध्यक्ष युवराज सफलसहितका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।  

पक्राउ पर्नेमा युवराज सफल, कृष्ण गोपाल बन्जरा, मीनमान देवकोटा रहेका छन् । उनीहरूले होहल्ला गरेपछि प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले प्रहरीलाई खबर गरेको आधारमा उनीहरू पक्राउ परेका हुन् । 

उनीहरूलाई दरबारमार्ग वृत्तमा राखेर अनुसन्धान भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी सीताराम रिजालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस