नेप्से परिसूचक ३३.९७ अङ्कले घट्यो   « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेप्से परिसूचक ३३.९७ अङ्कले घट्यो  


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । नेप्से परिसूचक आज ३३.९७ (१.७८ प्रतिशत) अङ्कले घटेर १८७६.४१ को बिन्दुमा पुगेको छ ।

आज २२९ कम्पनीका ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर किनबेच भएको छ । यस्तै, एक अर्ब ६० करोड १८ लाख २२ हजार ९५४.९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.६२ प्रतिशतले घटेर ३६५.८६ को बिन्दुमा पुगेको छ ।

आज १३ वटा उपसमूहको समूहगत सूचक पनि ओरालो लागेको छ । आज ट्रेडिङ समूहको समूहगत सूचक सर्वाधिक ३.२४ प्रतिशतले घटेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस