जबराको निवासमा पुग्यो मानवअधिकार आयोगको टोली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जबराको निवासमा पुग्यो मानवअधिकार आयोगको टोली


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको निवासमा पुगेको छ ।

जबराले सञ्चारमाध्यमहरूमा आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगले अनुगमनका लागि सहसचिवको नेतृत्वमा टोली पठाएको हो । आयोगका प्रवक्ता टीकाराम पोखरेलले सर्वोच्च अदालत र जबराको निवासमा टोली गएको पुष्टि गरे ।

१ फागुन २०७८ मा महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका थिए । महाभियोगबारे निर्णय नगरी १ असोजको मध्यरातबाट प्रतिनिधिसभा सदस्यहरूको कार्यकाल सकिएपछि जबराले सर्वोच्चमा फर्किने भन्दै प्रशासनमा खबर पठाएका थिए ।

त्यसलगत्तै उनको निवासमा सुरक्षा सतकर्ता बढाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस